आज ६ जनामा कोरोना संक्रमण
नेपालमा आज ६ जनामा कोरोना संक्रमण भेटिएको छ । गत २४ घण्टामा १२ सय ९६ जनाको पिसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा ५३० जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ ।
हाल नेपालमा १४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन ।
टिप्पणीहरू