जनकपुरमा स्वतन्त्र उम्मेदवार विजयी,मेयर र उपमेयर दुवैमा एमाले मुख्य प्रतिस्पर्धी

जनकपुरमा स्वतन्त्र उम्मेदवार विजयी,मेयर र उपमेयर दुवैमा एमाले मुख्य प्रतिस्पर्धी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् । साहले १३ हजार ४६५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवशंकर साहले नौ हजार ५३२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली काँग्रेसकी किशोरी साहले १५ हजार ५२५ मत पाइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गरेकी छन् ।

टिप्पणीहरू