पोखरा र भरतपुरमा १२ बजे घोषणा,धनराज र रेणु मेयर निर्वाचित
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य मेयरमा विजयी हुने पक्कापक्की भएको छ । केही बेरअघि प्राप्त विवरणअनुसार गन्न बाँकी मत पाँच हजार रहँदा पाँच हजार दुई सयको अन्तर देखिन आएको हो ।
गन्न बाँकी मत तीन वडा रहेको बताइएको छ । वडा नम्बर २२, ३२ र ३३ को मत गन्ने प्रक्रियामा जाँदैछ । ३३ नम्बर वडा स्वयम् धनराजको गृह वडा पनि हो ।
३२ नम्बर वडा लेखनाथ क्षेत्र र २२ नम्बर वडा पुम्दी क्षेत्रमा पर्छ ।
भरतपोखरी क्षेत्रबाट आचार्यले कम्तिमा १५ सय मतले अग्रता कायम गर्ने विपक्षीहरुले समेत अनुमान गरेका छन् ।
दिउँसो १ बजेतिर अन्तिम परिणाम सुनाउने सम्भावना बढेको छ । कम्तिमा छ हजार मतको अन्तरले आचार्यले एमाले उम्मेदवार कृष्ण थापालाई हराउने पक्कापक्की भएको बताइन्छ ।
उता,भरतपुर महानगरपालिकामा बिहान दिइएको जानकारीअनुसार एक हजार मत गन्न बाँकी थियो । मध्यान्ह १२ बजे अगावै त्यहाँ पनि रेनु दाहाल विजयी भएको घोषणा गरिँदैछ ।
टिप्पणीहरू