विजयोन्मुख मेयरका पोख्रेली सपना
पोखरा महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर बन्ने निश्चित भएको छ।
जित पक्कापक्की भएपछि पत्रकारहरुसंग कुरा गर्दै आचार्यले पोख्रेली महानगरवासीलाई बिना झन्झट सुशासनको प्रत्याभूति दिलाउने साथै उत्कृष्ट नगरको रुपमा विकास गर्ने पहिलो प्रतिबध्दता जनाएका छन् ।
पोखरालाई दीर्घकालिन र अल्पकालीन योजना बनाएर विकास निर्माणमा जोड दिने उनको दोस्रो प्रतिबध्दता रहेको छ ।
मेयरमा विजयी भएको घोषणा गर्न मात्रै बाँकी रहेको अवस्थामा उनले पोखराको विकासलाई तीब्रता दिने र जनतालाई बाँच्नको लागि बजार ब्यवस्थापनमा जोड दिने,महंगी नियन्त्रण हुने गरी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिए ।
एक अर्को प्रसंगमा आचार्यले २० देखि २५ हजार मत कलम र रुखमा बदर भएको बताए,उनले भने-मुख्य निर्वाचन कार्यालयले मतपत्र बारेमा पहिला एउटा र पछि अर्को दुईथरि कुरा गर्दा गठबन्धनले प्राप्त गरेको मत धेरै बदर भएको हो ।
टिप्पणीहरू