पेट्रोलियम पदार्थको भाउ घटाउन विद्यार्थीको ध्यानाकर्षण, पुनः बढाउने निगमको तयारी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै १५ वटा विद्यार्थी संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १५ विद्यार्थी संगठनले मन्त्री बडुलाई ध्यानाकर्षणपत्र बझाएका हुन् । मन्त्रालय मातहतको नेपाल आयाल निगमले ग्यास र पेट्रोलियम पदार्थमा पटक पटक गरेको मूल्यवृद्धिप्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
संयुक्त विद्यार्थी संगठनले मन्त्रालयलाई विगतमा गरेका सहमति कार्यन्वयन गरेर एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको माग गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाइएको अत्यधिक करबारे पुनः विचार गर्नुपर्नेलगायत सात वटा माग अघि सारेका छन् ।
निगमले अस्ति रातिदेखि इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ भने ग्यासमा प्रतिसिलिण्डर दुई सय रुपैयाँ थपिएको छ ।
यसैबीच आगामी साता भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्यसूची अनुसार फ्ेरि भाउ बढ्न सक्ने निगम स्रोतले बताएको छ । उसले मासिक अर्बौं रुपैयाँ घाटा भएको उल्लेख गरेको समायोजनको नाममा पुनः मूल्यवृद्धि गर्ने सम्भावना बढेको हो ।
टिप्पणीहरू