लगनखेलमा प्रमाणपत्र वितरण ११ बजे, शपथग्रहण ३ बजे
ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनलगायत सबै निर्वाचित पदाधिकारीहरुलाई बिहान ११ बजे प्रमाणपत्र वितरण गरिने भएको छ ।
आजै शपथग्रहणको कार्यक्रम पनि राखिएको छ । मेयर, उपमेयर र सम्पूर्ण वडाका निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र वितरण गरिने बताइएको छ ।
दिउँसो ३ बजे मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथग्रहण गराएपछि मेयरले उपमेयरलगायत सबै वडाध्यक्ष र सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम राखिएको छ । ती सबै कार्यक्रम जावलाखेलस्थित स्थानीय प्रशिक्षण प्रतिष्ठानम हुने छ ।
टिप्पणीहरू