काठमाडौंमा ५ वटा वडाको मत गन्न बाँकी, लौरो २० हजारले अगाडि

काठमाडौंमा ५ वटा वडाको मत गन्न बाँकी, लौरो २० हजारले अगाडि

काठमाडौं महानगरपालिकामा अब पाँच वटा वडाको मत गन्न बाँकी छ । हालसम्म २७ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । केहीबेर अघि वडा नम्बर १९ को अन्तिम परिणाम आएको छ ।

जसमा नेपाली काँग्रेसका राजेशकुमार श्रेष्ठ १२ सय मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । बाँकी चार जना सदस्यमा पनि सबै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

यसैबीच काठमाडौंमा हालसम्म एक लाख ६६ हजार मत गणना भएको छ । त्यसमध्ये स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार ५६० र नेपाली काँग्रेसकी सिर्जना सिंहले ३३ हजार ३९१ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितलाई ३३ हजार ३६५ मत प्राप्त भएको छ । अब वडा नम्बर १३, १४, १५, १६ र १७ को अन्तिम परिणाम आउन बाँकी छ । ती सबै वडाको मतगणना भइरहेको छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै ५९ हजार ६३६ मत ल्याएकी छन् । नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १९ हजार ९०६ मत पाएका हुन् ।

आज रातिसम्म अन्तिम परिणाम आउन सक्ने बताइएको छ ।

टिप्पणीहरू