कीर्तिपुरका जनप्रतिनिधिहरुको १० निर्णय
कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेलगत्तै हिजो पहिलो बैठक सम्पन्न भएको छ । शहीदलाई श्रदाञ्जली दिँदै शुरु भएको बैठक नवनिर्वाचित मेयर राजकुमार नकर्मीको अध्यक्षतामा बसेको हो । बैठकले १० वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
मतदातालाई धन्यवाद दिनेदेखि नगरपालिकाको टोल फ्री नम्बर सन्चालन गर्नेसम्मका निर्णय छ । त्यस्तै, नगरपालिकाविरुध्द परेका मुद्दा,वडा र नगरपालिका पक्ष भएर गरिने कानुनी प्रक्रियाको जिम्मेवारी सम्बन्धित वडाध्यक्ष र नगरपालिकाको हकमा उपमेयरलाई अख्तियारी दिने बैठकले निर्णय गरेको छ । जन्म दर्ता, मृत्यु दर्ता जस्ता कार्य घर-घरमा गएर सरल र सहज तरिकाले सेवा दिने निर्यण पनि नगरपालिकाले गरेको छ ।
त्यस्तै, वैशाख ३० गतेलाई निर्वाचन सम्पन्न भएको आधार मानेर ६० दिनभित्र नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो सम्पति विवरण नगरपालिकामा बुझाउन बैठकले निर्देशन पनि दिएको छ । साथै नगरपालिकाभित्र रहेका नगर संस्कृतिक क्षेत्रलाई संरक्षण गर्न बनेको ऐन २०७८ लाई प्रभावकारी ढंगले लागू गर्ने पनि निर्णय पुस्तिकामा उल्लेख छ ।
काठमाडौँ महानगरबाट सौजन्यस्वरुप प्राप्त एम्बुलेन्स र शववहानलाई जनताको सेवाका लागि २४ सै घण्टा उपलब्ध गराउने निर्णय पनि नगरपालिकाले गरेको छ । नगरपालिकाको बैठक महिनाको दोस्रो हप्ता र अन्तिम हप्ता महिनामा २ पटक बस्ने भनिएको छ।
नबनिर्वाचित जनप्रतिनिधिहरुको बैठकले अघिलो कार्यकाल सम्पन्न गरेर जाने जनप्रतिनिधिहरुलाई धन्यवाद पनि दिएको छ ।
टिप्पणीहरू