समाजवादीका नेताहरुको समीक्षा बैठक शुरु

समाजवादीका नेताहरुको समीक्षा बैठक शुरु

सत्ता गठबन्धन र चुनावी परिणामलाई लिएर असन्तुष्ट एकीकृत समाजवादीका नेताहरुले आज आन्तरिक छलफल गरेका छन् । आलोकनगरस्थित पार्टी मुख्यालयमा अध्यक्ष माधव नेपाल,सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरुले तीन घण्टा लामो छलफल गरेका हुन् ।

विहान सवा नौदेखि मध्यान्ह १२ बजेसम्म चलेको छलफलमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ,स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेयलगायतका नेताहरु सहभागी थिए ।

नेपाली कांग्रेसका तर्फबाट चुनावमा गठबन्धनको इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादी नेताहरुका असन्तुष्टि सार्वजनिक भैरहेका बेला शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ । सम्मानित नेता खनालले वाम तालमेलको प्रस्ताव नै गरेपछि राजनीतिक बृत्त तरंगित छ ।

टिप्पणीहरू