सरकारी कार्यालयमा इन्टर्नसिप गर्ने युवतीमाथि यौन दुव्यर्वहार, हाकिम निलम्बित

सरकारी कार्यालयमा इन्टर्नसिप गर्ने युवतीमाथि यौन दुव्यर्वहार, हाकिम निलम्बित

सरकारी कार्यालयमा इन्टर्नसिप गर्न आएकी युवतीमाथि गिद्देनजर लगाउने तालिम अधिकृत निलम्बित भएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरिएको हो ।

गत शनिबार आफ्नै कार्यकक्षमा बोलाएर आफूलाई दुव्र्यवहार गरेको आरोप युवतीले लगाएपछि झा निलम्बनमा परेका हुन् ।

आफूमाथि दुव्र्यवहार भएको भन्दै युवतीले दिएको निवेदनका आधारमा उनलाई तत्काल निलम्बन गरिएको एक अधिकारीले जानकारी दिए । अहिले छानबिनका लागि समितिसमेत गठन भइसकेको उनले बताए ।

यौन दुव्र्यवहार भएको हो वा होइन भन्ने अनुसन्धानकै क्रममा रहेकाले तत्कालको निम्ति उनलाई निलम्बन गरिएको बताइएको छ । झाले यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुव्र्यवहार गरेपछि दुई महिना निलम्बन गरिएको थियो ।

टिप्पणीहरू