टिचिङका डाक्टरको नाममा लाखौँको ठगि
छात्रवृतिमा एमबिबिएस भर्ना गरिदिने आश्वासन देखाएर लाखौँ रकम ठग्ने एक युवक समातिएका छन् । अछामको मंगलसेन नगरपालिका-२ का चक्रबहादुर बिकले आफ्नो नक्कली परिचय दिएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बिकले वीर अस्पताल र टिचिङ अस्पतालमा कार्यरत एमबिबिएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसीका रुपमा आफूलाई चिनाएर त्यत्रो रकम ठगेको पाइएको हो । उनले टिचिङमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिने प्रलोभन देखाएर रकम हात पारेको प्रहरीको भनाइ छ ।
विकले पीडितलाई विश्वासमा पारि पटक पटक गरेर उक्त रकम लगेको प्रहरीले जनाएको छ ।
यो पनि …..
वीर अस्पतालमा पनि उस्तै कहानी,डाक्टरको कोपभाजनमा नर्सहरुको जवानी
टिप्पणीहरू