रञ्जित रे बिहान खुमलटारमा, साँझ याक एण्ड यतिमा
नेपालका लागि भारतका भूतपूर्वराजदूत रञ्जित रे दरबारमार्गस्थित होटल याक एण्ड यति पुग्नुभएको छ । उहाँ त्यहाँ आयोजना हुन लागेको कार्यक्रममा विशेष अतिथि बन्न लाग्नुभएको हो ।
दिउँसो ३ बजेदेखि होटल याक एण्ड यति होटलमा हुन लागेको नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीको २६ र २७ औं वार्षिक साधारण सभामा सहभागी हुन रे नेपाल आउनुभएको हो । कार्यक्रमको सयम सरेर अहिले ५ बजे पुगेको हो ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. नारायण खड्का हुनुहुन्छ । त्यसैगरी भारतका पूर्वनागरिक उड्डयन, रेल वे, उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभाकर पनि सोही कार्यक्रममा सहभागी हुन हिजो काठमाडौं आउनुभएको हो ।
भूतपूर्व राजदूत रेले बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको बताइएको छ ।
रेसँगै खुमलटार पुगेका नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह पनि वार्ताको क्रममा छेउमा बस्नुभएको थियो ।
टिप्पणीहरू