माइतीघरमा उफ्रने सधैं उही अनुहार
जब जब कुनै घटना बाहिर आउँछ, तब तब माइतीघरमा पश्चिमा शैलीबाट नारा लगाएर लक्ष्य भेटिँदैन । १०–१५ जना मात्रै होउन् संख्यामा, केही मुद्दा समातेर निरन्तर लाग्नुप¥यो ।
माइतीघर केन्द्रित होइन कि साँचो अर्थमा समाजको अभियन्ता बन्नुप¥यो, लैङ्गिक हिंसाको अभियन्ता बन्नुप¥यो । कुनै संस्थाको निम्ति प्रतिवेदन बुझाउने होइन कि, सयौँ र हजारौँको जीवन सुरक्षित बनाउने अभियन्ता बन्नुप¥यो । आफ्नो बायोडाटा बढाउने होइन कि आउने पुस्ताको जीवन सुरक्षित बनाउने अभियन्ता बन्नुप¥यो ।
सन् २०१२–२०१३ तिरको बालुवाटार घेर्ने कार्यक्रम र अहिले माइतीघर घेर्ने तरिकामा खासै फरक छैन । मुद्दा उही, तरिका उही, शहर उही, समस्या जहीँको तहीँ ।
फरक केभन्दा, त्यो बेला अग्रपंक्तिमा रहेकाहरू आजकल Influencer भएका छन्, motivational speaker भएका छन्,freelancer भएका छन्, कुनै संस्था (निजी, UN, INGO को राम्रो पदमा आसीन छन् । छोटकरीमा भन्दा पेशेवर मौसमी अभियन्ता भएका छन्, दाताले चाहेको समयमा आवाज निकाल्ने सुगा भएका छन् ।
व्यक्ति विकास उच्चकोटिमा भएको छ तर न्याय/अन्याय जहीँको तहीँ छ, नीति, नियममा खासै बदलाव आएको छैन, प्रशासन आफ्नै धुनमा छ, भएकै नीति, नियमको कार्यान्वयन खासै हुन सकेको छैन ।
खास एउटै घटनालाई हेरेर कानुन नै फेर्नु कति उपयुुक्त हुन्छ होला ! फेरि मागेजस्तो वर्षाैंअघिको घटनालाई अहिले बन्ने वा संशोधित हुने कानुनले सजायँ गर्न सक्ने पनि हैन । कसुर (अपराध ) कुन मितिमा भयो भन्ने कुराले हदम्यादको सिद्धान्तलाई प्रभाव पार्छ ! हामीले यो पनि बुझ्न जरुरी छ कि हदम्यादको सिद्धान्त पश्चातदर्शी (Retrospective) हुँदैन, भविष्यदर्शी (Prospective) मात्रै हुन्छ !
– मनोज सापकोटा, काभ्रे, पनौती
टिप्पणीहरू