कैदी छाड्न अलग अलग निर्णय,सवा ८ सय लाभान्वित
गणतन्त्र दिवसको अवसरमा आठ सय ३४ जना कैदीलाई बाँकी कैद माफी गरेर भोलिदेखि घर पठाइने भएको छ । जेठ १० र १३ गतेको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुलाई कैद माफी मिनाहा भएको हो ।
विभिन्न फौजदारी कसुरमा कैद सजाय भुक्तान गरेका उनीहरुवारे दुई वटा पत्रमार्फत शीतल निवासले उक्त जानकारी गराएको हो ।
एउटा पत्रमा खड्ग श्रेङ लिम्बुसमेत दुई सय ७१ जना र नरबहादुर साँवासमेत पाँच सय ४७ जनागरी आठ सय १८ जनालाई भोलिदेखि लागू हुनेगरी कैद माफी मिनाहा गरिएको व्यहोरा उल्लेख छ ।
त्यस्तै हिजो बसेको क्याबिनेट बैठकको सिफारिसअनुसार १६ जना कैदीलाई पनि उक्त अवसर दिइएको छ । तिनमा उमाकान्त पराजुलीसहितका कैदी छन् ।


टिप्पणीहरू