भारतीय पूर्व राजदूत ठाउँ र मान्छे फेर्दै भेटघाटमा व्यस्त

भारतीय पूर्व राजदूत ठाउँ र मान्छे फेर्दै भेटघाटमा व्यस्त

नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रे गत बुधवारदेखि नेपाली राजनीतिज्ञ र सरकारी अधिकारीहरुसँगको भेटमा व्यस्त हुनुहुन्छ । उहाँ गत बिहीवार राजधानीमा आयोजित नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीको २६ र २७ औं साधारण सभामा भाग लिन आउनुभएको हो ।

तर, पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैँ उहाँले त्यसअघि बिहीबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँकै निवास खुमलटारमा भेटघाट गर्नुभयो । उहाँसँगै नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह पनि त्यहाँ जानुभएको हो ।

त्यसपछि हिजो ठमेलस्थित होटल बैशालीमा उहाँले काँग्रेसका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । रेलाई भेट्न पत्रकार विजयकुमार पाण्डे पनि हिजो दिउँसो वैशाली होटल जानुभएको थियो ।

हिजो दिउँसो २ बजेदेखि रेले नेपाली कांँग्रेसका नेता डा. शेखर कोइराला, सिंह, तेजुलाल चौधरीलगायत झण्डै आधा दर्जनलाई भेट्नुभएको हो ।

टिप्पणीहरू