पेट्रोलियम पदार्थमा बढ्ने सयौं, घट्ने १०

पेट्रोलियम पदार्थमा बढ्ने सयौं, घट्ने १०

पेट्रोलियम पदार्थको भाउ झण्डै एक वर्षको अवधिमा दोब्बर बृद्धि भएको छ । अघिल्लो वर्षको असारमा प्रतिलिटर एक सय रुपैयाँ हाराहारी रहेको भाउ अहिले एक सय ८३ रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्यसँगै बजार भाउले आकाश छोएपछि जनअसन्तोष बढ्दो छ । विश्वका अन्य मुलुकले त्यसमा लागेको कर घटाउँदै आए पनि नेपालले अहिलेसम्म त्यसतर्फ कुनै गृहकार्य थालेको छैन । पेट्रोलमा मात्रै सरकारले प्रतिलिटर ६३ रुपैयाँ कर उठाउँदै आएको छ ।

अहिले त्यही कर घटाउने भन्दै मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले आवश्यक निर्णय गरेको बताइएको छ । सरकारले पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउने सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ । पछिल्लो ११ महिनामा प्रतिलिटर झण्डै ७३ रुपैयाँ बढेको अवस्थामा सरकारले १० रुपैयाँ घटाउन लागेको हो ।

टिप्पणीहरू