पोखराबाट उडेको तारा एअरको जहाज बेपत्ता
तारा एयरको पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
१९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
अवतरण गर्ने समय भए पनि जहाज अहिलेसम्म सम्पर्कमा आएको छैन । जहाजबारे खोजबिन शुरु भएको एयरले जनाएको छ ।
टिप्पणीहरू