मध्यरात एकल बृध्द छतबाट खसे
गएराति लाजिम्पाटमा एक जना बृध्दको छतबाट खसेर निधन भएको छ । ६५ वर्षे महेश पन्तको घरको छतबाट खसेर ज्यान गएको हो ।
लाजिम्पाटको नेपाली चुल्हो नजिकै घरमा एक्लै बस्दै आएका उनी छतबाट खसेका हुन् । उनको घटनास्थलमै निधन भएको छ । परिवारका सदस्य सबै विदेशमा रहेको उनी घरमा एक्लै बस्दै आएका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
टिप्पणीहरू