बालेनले नेपाल भाषामा शपथ लिए

बालेनले नेपाल भाषामा शपथ लिए

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले शपथ ग्रहण गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित शपथ ग्रहण कार्यक्रममा साहले नेपाल भाषामा शपथ लिएका हुन् ।

उनले नेपाली र नेपाल भाषा दुवैमा शपथ लिएका हुन् । मेयरमा निर्वाचित साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ दिलाएका थिए ।

यस्तै, उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोलले पनि शपथ लिएकी छन् । उनले पनि नेपाल भाषामै शपथ खाएकी हुन् ।

टिप्पणीहरू