केटी नखोज्दिएको भन्दै गाली गरेको रिस फेर्न हत्या

केटी नखोज्दिएको भन्दै गाली गरेको रिस फेर्न हत्या

यौन सम्पर्क गर्न केटी नखोजिदिएको भन्दै गालीगलौज गरेको ईखले होटलमा काम गर्ने दुई किशोरले एक व्यक्तिको हत्या गरेको खुलेको छ ।

धरान उपमहानगरपालिका-१५ बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा काम गर्दै आएका दुई किशोरले गाली गरेको रिस फेर्न धरान-११ बिष्णु चौकका ३१ बर्षीय सन्दिप लम्जेललाई झुक्याएर एकान्तमा बोलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको हो ।

प्रहरीका अनुसार उनीहरुले जेठ ११ गते लम्जेललाई यौनसम्पर्क राख्न केटी खोजिदिएको बहाना बनेर धरान-१५ को सेउती खोलाको खोरिया बस्तीमा बोलाई शवलाई ढुंगाले किचेर फरार भएका थिए ।

हत्या गरिएका लम्जेलको शव १२ जेठ बिहान फेला परेको थियो । हत्या गरी फरार भएका उनीहरुलाई प्रहरीले दुई दिनभित्रै धनकुटास्थित उनीहरुकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू