सीएनएन र वाशिङटन पोष्टको समाचार भ्रामक : अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले युक्रेनलाई रुस ध्वस्त पर्ने रकेट दिन लागेको भन्ने समाचार भ्रामक प्रचारबाजी भएको बताएका छन् । वाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट युक्रेनको राजधानी किभ पठाउन लागेको भन्ने समाचार प्रकाशित र प्रशारित भएपछि बाइडेनको उक्त धारणा बाहिर आएको हो ।
सीएनएन र वाशिङ्टन पोष्टले ‘मल्टिपल लञ्च रकेट सिस्टम’ नाम गरेको लामो दूरीको रकेट माग गरेको भन्दै अमेरिकी सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भएपछि वाइडेन प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
‘हावादारी समाचार’ भन्दै ह्वाइट हाउसका अधिकारीहरुले समाचारमा रुससँग बदला लिन युक्रेनका अधिकारीहरुले सयौं किलोमिटरको दूरीसम्म आक्रमण गर्न सक्ने रकेट माग गरेको भनिएको समाचारमा कुनै सत्यता छैन ।
टिप्पणीहरू