चिनियाँ राजदूत हौ यान्छी स्वदेश प्रस्थान
नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छी आज बिहान चीन फर्कनुभएको छ । उहाँ सन् २०१८ को डिसेम्बरदेखि नेपालमा कार्यरत हुनुहुन्थ्यो ।
राजदूत बिदामा वा अन्य कुनै कारणले स्वदेश फर्कनुभएको भन्नेबारे केही जानकारी दिइएको छैन । चीनसँगको हवाई उडान नियमित नभइसकेको अवस्थामा उहाँ आज बिहान हिमालय एअरलाइन्सको ९ एच ९७८४ नम्बरको उडानबाट त्यसतर्फ जानुभएको हो ।
राजदूतलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा दूतावासका प्रशासन प्रमुख चाङ ख, अट्याची लुओ चिनयिङ, थर्ड सेक्रेटरी लिउ च्ये र नेपाली कर्मचारी सञ्जय सुवेदीको उपस्थिति थियो ।
सन् १९७० मा चीनको सान्सी प्रान्तको ताइयुआनमा जन्मनुभएकी हौले चीनको विदेश मन्त्रालय सेवामा सन् १९९६ देखि प्रवेश गर्नुभएको हो । उहाँ विदेश मन्त्रालयको दक्षिण एसिया मामिला विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो । नेपालमा राजदूत हुनुअघि उहाँ पाकिस्तानस्थित दूतावास र अमेरिकाको लसएञ्जलसस्थित चिनियाँ महावाणिज्य दूतावासमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँ चिनियाँ र अंग्रेजीका साथै उर्दू भाषामा पनि राम्रो दखल राख्नुहुन्छ । उर्दू राजधानी बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएको हो ।
टिप्पणीहरू