प्रधानमन्त्रीका छोराको दिलचस्पी विदेशी प्याडमा,अर्थमन्त्रीसँग भेटघाट रअर्का मन्त्रीको घरमा

प्रधानमन्त्रीका छोराको दिलचस्पी विदेशी प्याडमा,अर्थमन्त्रीसँग भेटघाट रअर्का मन्त्रीको घरमा

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा नेपाली स्यानिटरी प्याड निर्माता कम्पनीलाई खुम्चाउने र प्रधानमन्त्री शेरबहादुर देउवा तथा काँग्रेस नेतृ डा. आरजु राणाका अविवाहित छोराको रुची रहेको विदेशी प्याडको व्यापारमा बहार ल्याइदिने घोषणा गर्नुभएको छ । उहाँले नेपालमा रहेका तीन दर्जनभन्दा बढी स्यानिटरी प्याड उद्योगलाई संकटमा पुर्याउने उद्देश्यले विदेशी प्याड आयातमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरिदिनुभएको छ ।

पहुँच र आशक्ति भएमा महिलाले हरेक २८ दिनमा बढीमा पाँच दिनसम्म औसतमा १० वटा प्रयोग गर्ने स्यानिटरी प्याडबाटै अरबौं रुपैयाँ कमाउन सकिने व्यवसाय गर्न सकिने अहिले प्रधानमन्त्रीका एक्ला छोरा जयवीर देउवा,अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पुष्टि गरिदिएका हुन् ।

नेपाल सेनेटरी प्याड उत्पादक संघले नेपालमा ३५ देखि ४० वटा सेनेटरी प्याड उद्योग रहेको जानकारी दिएको छ । ती उद्योगको उत्पादन नै मागको तुलनामा अत्यधिक रहेको छ । तर आगामी आर्थिक वर्षको बजेटमा सेनेटरी प्याड आयातमा भन्सार महसुल ९० प्रतिशत छुटको व्यवस्था गरिदिँदा उनीहरुको व्यवसाय धरापमा पर्ने निश्चित छ ।

यसरी विदेशबाट स्यानिटरी प्याड ल्याउने प्रमुख ठेकेदार तथा एजेण्ट प्रधानमन्त्रीका छोरा जयविर देउवा हुन् भनिन्छ । उनलाई होस्टेमा हैंसे गरिदिने प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा बनेका छन् ।

बजेट भाषणमा स्यानिटरी प्याडको अरबौंको व्यवसाय छिराइएको उपलक्ष्यमा अस्ति साँझदेखि झण्डै १० बजेसम्म अर्थमन्त्री जनार्दन शर्मा,जयवीर देउवा र राज्यमन्त्री श्रेष्ठले हाँसिखुशीमा ‘चियर्स’ गरेका थिए । अस्ति साँझको रमाइलो चियर्स पनि पहिलेझैँ राज्यमन्त्री उमेश श्रेष्ठको सानेपास्थित आलिसान बंगलोमा भएको हो ।

टिप्पणीहरू