काम नगर्ने अर्को निर्माण कम्पनीलाई पनि स्पष्टीकरण

काम नगर्ने अर्को निर्माण कम्पनीलाई पनि स्पष्टीकरण

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाले ठेकेदार कम्पनी स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधेको छ । हटिया–बुर्तिवाङ खण्ड निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

स्वच्छन्द–शंकरमाली जेभीको आधिकारिक प्रतिनिधि इञ्जिनियर हेमराज गुभाजु हुन् । आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयम् कार्यालयमा उपस्थित भई स्पष्टिकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम छिटो सम्पन्न गर्न भनेको छ ।

अन्यथा प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तहरुबमोजिम कारबाही प्रक्रिया अघि बढाइने आयोजनाले चेतावनी दिएको छ ।

सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समयसम्म कार्यप्रगतिमा सुधार नआएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।

तर हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेश भएको कार्यतालिकाबमोजिम काम नभएको र काम छिटो सम्पन्न नगरे प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तहरुबमोजिम कारबाही प्रक्रिया अगाडी बढाइने आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू