माओवादी उम्मेदवारलाई हराउने केसी नै माओवादी प्रशिक्षणमा
पार्टीका आधिकारिक उम्मेदवारविरुध्द बागी उठेर कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष जितेका मोहनबहादुर केसी नेकपा माओवादी केन्द्रले आयोजना गरेको तालिममा भाग लिन आएका छन् ।
माओवादीकै उम्मेदवारलाई हराएका उनी माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका हुन् ।
केसीले माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई हराएर अध्यक्ष जितेका थिए ।
कमलपोखरीस्थित कुमारी हलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,वर्षमान पुन, दिनानाथ शर्मा,लीलामणि पोखरेललगायतका नेताहरूले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।
टिप्पणीहरू