लिङ्ग्देन भन्छन्-बजेट कि ललीपप ?
राजावादीहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनता भुल्याउने ललिपप जस्तो रहेको आरोप लगाएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले जनताको जीवनमा कुनै पनि परिवर्तन ल्याउन नसक्ने दाबी गरे । ‘अहिले जुनप्रकारको आर्थिक संकट र मूल्यबृध्दि देखिँदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन र बर्षैपिच्छेका अर्थमन्त्रीले बजेट ल्याउँदा वितरणमुखी मात्रै ल्याउने गरिएको छ’,उनले भने ।
सदनमा प्रस्तुत बजेटलाई ललिपपजस्तो भनेका लिङ्गदेनले यसको कार्यान्वयनमा आशंका पनि व्यक्त गरेका छन् । बजेट निर्वाचन लक्षित भएको बताएका उनले श्रोत के भन्नेमा प्रश्न रहेको बताए ।
टिप्पणीहरू