अन्जला कोइराला
ऋषिकेशपत्नी अञ्जला अदालतमा हाजिर
सहकारी घोटालामा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले अदालतमा आत्मसमर्पण गरेकी छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै भागेकी उनी आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन् । बिहान अदालत खुल्नेबितिक्कै उनी हाजिर भएको बताइएको छ । मोरङको धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना गरेको अभियोगमा अञ्जलासहित २६ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आज उनको बयान सकेर थुनछेक बहस हुनेछ । यस…