डाक्टर भीमबहादुर रावल

बालेनका मान्छे भीम रावलबाट टाढै

नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका डाक्टर भीमबहादुर रावल यतिबेला देश दौडाहामा छन् । कोशी प्रदेशबाट 'मातृभूमि जागरण अभियान' शुरु गरेका उनी छ महिनापछि दल दर्ता गर्ने योजनामा रहेको बताइएको छ ।  यस क्रममा नेतृत्वसँग असन्तुष्ट एमालेलगायत विभिन्न पार्टीका नेता-कार्यकर्तासँग रावलको भेटघाट चलिरहेको छ । विपी कांग्रेसका नेता डडेल्धुराका कर्णबहादुर मल्लहरुले रावललाई साथ दिने संकेत पनि गरिसकेका छन् । यसबाहेक आफूलाई राजावादी …