रोकियो नासु र खरिदारको सरुवा
सरकारले राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणी (नायव सुब्वा र खरिदार) तहका कर्मचारीको सरुवा स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै त्यसबारे जानकारी गराएको छ ।
बढुवा सूचना प्रकाशित हुनुअघि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा रहेका कर्मचारी मर्कामा पर्ने भएकाले तत्काललाई नासु र खरिदारको सरुवा स्थगन गरेको जनाइएको छ । मन्त्रालयका अनुसार नायव सुब्वा वा सो सरहका कर्मचारीको माघ मसान्तसम्म र खर…