बालेन्द्र साह (बालेन)
काठमाडौं महानगरमा निरन्तर काण्डै काण्ड
आर्थिक मामिला हेर्न संघीय सरकारले पठाएको कर्मचारीलाई विभिन्न आरोप लगाएर लखेट्ने अनि निमित्तबाट काम चलाउने! काठमाडौं महानगरपालिकामा निर्वाचित भएदेखि मेयर बालेन्द्र (बालेन) साहले चलाइरहेको खेती हो यो । सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिने खेलमा चलेको महानगरमा निमित्तबाट बढी काम हुँदै आएको छ । कसैलाई आरोप लगाएर बिदामा बस्न लगाइएको छ त कुनैलाई निलम्बित गरिएको छ । पछिल्लो प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँमाथि छानबिन गर्न बालेनले कानुन तथा मानव अ…