देवचुली जिप दुर्घटनामा बितेका सातै जनाको परिचय खुल्यो
पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मा भएको जिप दुर्घटनामा मृतक सातै जनाको परिचय खुलेको छ । तीमधये छ जनाको घटनास्थलम र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार कावासोती नगरपालिका १६ का १७ वर्षीय अश्विन गैरे, बुलिङ्टार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा र ४० वर्षीय कमला वानटक्की र मध्यविन्दु नगरपालिका २ का १८ वर्षीय चिरन अर्यालको निधन भएको छ ।
त्यसैगरी जिप चालक बौदीकाली गाउँपालिका ६ का २९ वर्षीय छनबहादुर…