अपराध

बाजुरमा महिलाको हत्या, राजधानीमा पुरुषद्वारा आत्महत्या

बाजुरामा एक महिलाको हत्या भएको छ । बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको प्रहरीले जनाएको छ । लेकको गोठमा बसेर गाइबस्तु हेर्दै आएकी उनलाई आफन्तले हिजो मृत अवस्थामा फेला पारेका हुन् । प्रहरीका अनुसार मृतकको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ । गोठमा रगत बगेको पाइएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकको शरीरमा गहना यथावत रहेकाले कुटपिटबाट हत्या भएको आशंका गरिए पनि लुटपाट नभएको बाजुरा प्रहरीले जनाएको…

Page 1 of 183