कौडीको भाउमा नेपाली नागरिकता किनबेच
दुबई र हङकङबाट आयात हुन्छ तर बेचिन्छ भारतमा । मुख्य हर्ताकर्ता सबै चिनियाँ र भारतीय नागरिक अनि फस्नेचाहिँ सोझासिधा नेपाली युवा । सुन तस्करीको पछिल्लो घटनाले देखाएको डरलाग्दो चित्र हो यो । संगठित र अन्तरदेशीय अपराधको मामला बनेको सुन तस्करी राजश्व चुहावटको विषय मात्र रहेन अब । यसले एकातिर अन्तर्राष्ट्रिय जगतमा मुलुक चरम बद्नाम बनिरहेको छ, अर्कोतिर राष्ट्रिय सुरक्षामा चुनौती तेर्सिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन छिर्दा पनि पत्तो नपाउने प्रशासनिक …