बैंकको कर्मचारी बताउँदै ठग्नेले ११ लाखबढी कुम्ल्याए
बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जना युवक पक्राउ परेका छन् । विभिन्न नम्बरबाट फोन गरेर बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने मोरङका २१ वर्षीय मजमद मोजाहिद मियाँ प्रहरी नियन्त्रणमा पुगेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ९७६२२२५५४२,९७६२५१२८४१ नम्बरबाट फोन गरेर विभिन्न प्रलोभन देखाउने गरेका थिए ।
बैंक खातासँगै वालेट आईडी लिंकअप, खाता नवीकरण, केवाईसी फाराम अपडेट, स्टेटमेण्ट भेरिफाई, सेक्युर ट्रान्सफर चार्ज नलाग्नेजस्…