राजनीतिक दलहरु एकजुट भएर संविधान दिवस मनाउँदै
इलामस्थित पाँच राजनीतिक दलले भव्य रुपमा संविधान दिवस मनाउने भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बिहान ११ बजे जिल्ला सदरमुकाम रत्न चोकमा भेला भएर भोलि संविधान दिवस मनाउन लागेका हुन् ।
संविधान दिवसको मूल नारा ‘सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हौं, संघीय लोकतान्त्रिक संविधानको रक्षा गरौं’ रहेको छ । पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ताहरुलाई कार्यक्रममा उपस्थिति जन…