ताइवानलाई जसरी पनि एकीकरण गराइने चिनियाँ राष्ट्रपतिको दृढता
चिनियाँ राष्ट्रपति सि चिनफिङले ताइवानको पुनः एकीकरणलाई कसैले रोक्न नसक्ने चेतावनी दिनुभएको छ । नयाँ वर्ष २०२५ का अवसरमा राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा उहाँले ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रुपमा हेरेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति सिले ताइवानलाई जसरी पनि एकीकरण गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । सम्बोधनमा सिले गत वर्ष २०२४ मा चीनको कूल गार्हस्थ उत्पादन ‘जीडीपी’ एकसय ७० खर्ब ८० अर्ब अमेरिकी डलर नाघेको अनुमान गर्नुभएको छ । नयाँ…