प्रहरीको मूलढोकामा आत्मदाहको प्रयास
-नमस्कार शाह
जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा एक पुरुषले हालै आत्मदाहको प्रयास गरेका छन् । आफैँमाथि प्रज्वलनशील पदार्थ छर्केर नेपालगञ्ज उपमहानगरपालिका–२२ बिर्ता गाउँका वाजिद अलि शेषले गत सोमबार आत्मदाहको प्रयास गरेका हुन् ।
कार्यालयको गेटमा ड्युटीमा बसेका प्रहरीले उनको हर्कत देखेपछि नियन्त्रणमा लिएका थिए । आफ्नी छ महिनाकी गर्भवती श्रीमतीलाई कुटपिट गर्ने र कुटपिट गर्न उक्साउनेलाई पक्राउ गरेर कारबाही गर्न बाँके प्रहरीले ढिलाइ गरेपछि शेष आक्रोशित भएको बताइन्छ…