पूर्व राष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । झण्डै एक वर्षदेखि विशेष उपचार र चिकित्सकको निगरानीमा रहेका उनको स्थानीय समयअनुसार आइतबार दिउँसो आफ्नै निवासमा निधन भएको बताइएको छ ।
गत अक्टोबर १ तारिखदेखि एक सय वर्ष उमेरमा प्रवेश गरेका उनी अमेरिकी इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँचेका राष्ट्रपति हुन् ।
उनले इजरायल र इजिप्टबीच शान्ति वार्ताको लागि आवश्यक वातावरण बनाउँदै क्याम्प डेभिड सम्झौता गराएका थिए । त्यसैगरी चीनसँग अमेरिकाको कूटन…