एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद
माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को एसईई परीक्षाका लागि फाराम भर्ने म्याद खुलेको जानकारी गराएको छ ।
हाल कक्षा १० मा नियमित विद्यार्थीको रुपमा अध्ययनरत (खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फ समेत) विद्यार्थीहरुले परीक्षामा समावेश हुनका लागि आगामी माघ १२ गतेसम्म फाराम बुझाउन सक्ने छन् ।
रजिष्ट्रेशन फाराम दस्तुर प्रतिविद्यार्थी…