उपत्यकामा धमाधम महोत्सव (फोटोफिचर)

उपत्यकामा धमाधम महोत्सव (फोटोफिचर)
सुन्नुहोस्

काठमाडौं उपत्यकाका दुई ठाउँमा महोत्सव शुरु भएको छ । राजधानीको कोटेश्वर र भक्तपुरको मध्यपुर थिमीमा आजदेखि महोत्सवको थालनी गरिएको छ । ‘हाम्रो कोटेश्वर, राम्रो कोटेश्वर’ भन्ने नाराका साथ कोटेश्वर तीनकुने चौरमा शुरु भएको दुई दिने महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गरेका हुन् । 

होत्सवमार्फत् पर्यटन व्यवसायसँगै स्थानीय आर्थिक समृद्धिमा योगदान पुर्याउने महानगरको लक्ष्य छ । यस्तै, मध्यपुरमा पनि स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवद्र्धनसँगै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ ।

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा शुरु भएको महोत्सवको प्रमुख उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरबासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने रहेको जनाइएको छ ।

महोत्सवमा नेवारी भेषभूषा र परम्परागत सामग्री प्रदर्शनीसँगै माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला, नेवाः संस्कारका अलवा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन पनि प्रदर्शन गरिएको छ ।

सांस्कृतिक नाचअन्तर्गत २५ प्रकारका परम्परागत नाचः अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाचसहित बाजागाजाका प्रदर्शनीमा धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजनलगायत २६ प्रकारका सांस्कृतिक बाजाहरु प्रदर्शन हुने नगरपालिकाले जनाएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा तीन सय ४७ स्टल छन् ।

कोटेश्वर महोत्सवका तस्बिरहरु

मध्यपुर थिमी महोत्सवका​​​​​​​ तस्बिरहरु​​​​​​​


 

 

टिप्पणीहरू