किन जान्छन् ऋषि धमला सँधै खुमलटार ?

किन जान्छन् ऋषि धमला सँधै खुमलटार ?

पत्रकार ऋषि धमला अस्ति पनि खुमलटार पुगेका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न बिहान साढे ६ बजे नै खुमल्टार पुगेका थिए ।

दाहाल र धमलाबीच पौने ७ बजेदेखि पौने ८ बजेसम्म भेटघाट भएको बताइन्छ । केही साताअघि पनि धमला यसैगरी त्यहाँ पुगेका थिए ।

धमला हिँडेपछि अध्यक्षसँग भेट्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुग्नुभयो । उहाँ अस्ति राति १० दिनको विदेश भ्रमणमा अफ्रिकी मुलुक रुवाण्डा जानुभएको छ ।

सोही दिन दिउँसो दाहाल निवासमा जनता समाजवादी पार्टीका नेता हरिनारायण रैनियार पनि पुग्नुभएको थियो । उहाँहरुबीच दिउँसो साढे १२ बजेदेखि एक घण्टा वार्ता भएको हो ।

टिप्पणीहरू