चुनावमा हारेपछि मिलेर जाने प्रस्ताव

चुनावमा हारेपछि मिलेर जाने प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग संघ र प्रदेशको चुनावमा सहकार्यको प्रस्ताव राख्नुभएको छ । हिजो ठाकुरसँगको भेटमा उहाँले उक्त प्रस्ताव राख्नुभएको बताइन्छ ।

स्थानीय तहको निर्वाचनमा लोसपाले मतदाताको उपेक्षा खाएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि लोसपालाई पार्टी एकता वा कार्यगत एकताको प्रस्ताव गरेको थियो । तर,लोसपाले पार्टी एकताको निम्ति पहिले जसपाले सत्तारुढ गठबन्धन र सरकारबाट बाहिरिनुर्ने शर्त तेर्साएको बताइन्छ ।

अहिले त्यही लोसपालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा तालमेल गरेर जान सहकार्यको प्रस्ताव राख्नुभएको हो ।

टिप्पणीहरू