देशको दुर्दशाले जनावरलाई समेत छाडेन
श्रीलंकाको आर्थिक संकट अहिले यतिसम्म गहिरिएको छ कि चिडियाखानामा राखिएका जनावरहरुलाई खुवाउनसमेत पैसा सकिएको छ।
श्रीलंकाको प्राणीविज्ञान विभागले दक्षिण एसियाली देशमा चलिरहेको आर्थिक संकटको बीच चिडियाखानाहरूमा जनावरहरूलाई दैनिक खाना उपलब्ध गराउन समेत कोषको अभाव भएको जानकारी वन्यजन्तु मन्त्रालयलाई दिएको समाचार स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् ।
सञ्चारमाध्यमको रिपोर्टलाई उद्धृत गर्दै विभागका अधिकारीहरूले विदेशी पर्यटक र स्थानीय आगन्तुकको घट्दो संख्याका कारण बजेटको चरम अभाव भएको बताइए ।
टिप्पणीहरू