पढाइ खर्च पाउने निजामती कर्मचारी सन्ततिको सूची प्रकाशित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिले पाउने शैक्षिक प्रोत्साहन वृत्तिको सूची सार्वजनिक गरेको छ । मन्त्रालयको हिजोको निर्णयले आवेदकहरुको योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरेको हो ।
इन्जिनियरिङ, कानून, मानविकी, विज्ञान, कृषि विज्ञान, वन विज्ञान, चिकित्सा, सूचना प्रविधि, व्यवस्थापनलगायत संकायमा छ सय ९९ जनाको नाम छनोटमा परेको छ ।
शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयको बैठकले आवेदकले पेश गरेको विवरण, कागजात, सम्बन्धित कलेज र अभिभावकको कार्यालयले प्रमाणित गरेको कागजातको आधारमा सूची तयार पारेको हो ।
छात्रवृत्तिमा नाम परेकालाई सरकारले २० लाख रुपैयाँ बढी लाग्ने शिक्षण शुल्कमा ५ लाखसम्म शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकमा खर्च दिने नीति बनाएको छ ।
त्यसैगरी, २० लाखसम्मका लागि चार लाख, १५ लाखसम्म भए तीन लाख, १० लाखसम्म भए दुई लाख र पाँच लाखसम्मका लागि एक लाख रुपैयाँको व्यवस्था गरेको छ ।
एक लाखभन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहनस्वरुप दिने ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका, २०७८’ मा उल्लेख छ । मन्त्रालयले यसका लागि गत वैशाख १२ गते आवेदन आह्वान गरेको थियो ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/MOFAGA_Notice_20220613092416.pdf”]
टिप्पणीहरू