मन्त्रीको मुखै च्यातिदिने एमाले सांसदको चेतावनी
एमालेका सांसद झपट रावलले मन्त्रीको मुख च्यात्ने चर्कोे चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमालेको माग उल्लेख गरेको पठाएको लेटरप्याड मन्त्रीले च्यातेको आरोप लगाउँदै उक्त चेतावनी दिएका हुन् । रोस्ट्रमबाटै उनले भने, ‘जनताको माग उल्लेख गरेर मन्त्रालयमा पेश गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै आक्रोश पोखेका हुन् ।’
लेटरप्याडमा जनताको माग समेटेर मन्त्रालयमा पेस गरिए पनि प्रतिपक्षीको मागलाई बेवास्ता गरेर मन्त्रीले च्यातेर फालिदिएको आरोप उनको छ । त्यस्ता मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने अवस्था आउने चेतावनी उनले दिए ।
‘त्यस्ता मन्त्रीहरूको विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्नुपर्ने अवस्था नआओस् । अराजक मन्त्रीलाई जनताको तर्फबाट चुनौती दिन नपरोस् । हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरूका हात र मुख च्यात्न नपरोस्,’ उनले भने ।
टिप्पणीहरू