पाल्पाका सडकमा ट्रिपरमाथि रोक

पाल्पाका सडकमा ट्रिपरमाथि रोक

बुटवल–पाल्पा सडक खण्डमा ट्रिपर चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय, पाल्पाले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा–दोभान खण्डमा तीन महिनाका लागि ट्रिपर सञ्चालनमा रोक लगाएको हो । कालोपत्रे गर्ने कार्य सम्पन्न हुन लागेको उल्लेख गर्दै ठूला सवारी साधन सञ्चालन नगर्न भनिएको हो ।

सडक कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यसका निम्ति आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ । वर्षात्को समयमा अत्यधिक सवारी साधनको चाप हुँदा उक्त कालोपत्रमा थप क्षति हुने कार्यालयले जनाएको छ ।अब असारदेखि भदौसम्म ठूला भारका ट्रिपरहरु सञ्चालन नगर्न पनि अनुरोध गरिएको हो ।

टिप्पणीहरू