कैलालीमा हात्तीले मान्छे मार्यो

कैलालीमा हात्तीले मान्छे मार्यो

कैलालीको टीकापुर हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । टीकापुर नगरपालिका १ ब्लक नम्बर १५ कि एक महिलाको ज्यान गएको हो ।

हिजो साँझ कर्णाली नदीको किनार सनकट्टि घाटमा जंगलबाट निस्केका दुई वटा हात्तीको आक्रमणमा परेर ५० वर्षीया टंक सोडारीको मृत्यु भएको हो ।

मृतक महिला कर्णाली नदीमा बनाइएको तटबन्धमा मजदूरी गरिरहेकी थिइन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार सोडारीलगायत कामदारहरु हात्ती देखेपछि भागेका थिए ।

काम गरिरहेका तीन जना महिलामध्ये दुई जनाले भागेर ज्यान जोगाएका थिए । तर सोडारीलाई हात्तीले लछारपछार गरेर मारेको हो ।

मृतकको शव पोष्टमार्टमको लागि टीकापुर अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू