अमेरिकी राष्ट्रपतिको सडक दुर्घटना

अमेरिकी राष्ट्रपतिको सडक दुर्घटना

अमेरिकी राष्ट्रपति जो बाइडेन हिजो बिहान साइकल चलाउँदै गर्दा सडकमा पछारिएका छन् । गृह राज्य डेलावेयरमा समुद्रीतट नजिकै घर अगाडिको सडकमा साइकल चलाउँदै गर्दा लडेका हुन् । सडकमा पछारिए पनि कुनै चोटपटक नलागेको बताइएको छ । ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेर भने,‘म ठीक छु ।’ श्रीमती तथा प्रथम महिला जिल बाइडेनसँग घर नजिकैको स्टेट पार्कमा साइकल चलाउँदा उनी लडेका हुन् ।

टिप्पणीहरू