मध्यराति कार पुलबाट खस्दा चार वर्षीय बालक बिते,सात जना सिकिस्त
सर्लाहीको धनकौल गाँउपालिका–५ स्थित छटीघाट पुलबाट गए राती कार खस्दा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सर्लाहीको छतौनाबाट रौतहटको बृन्दावन हरैयातर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराती एक बजे पुलबाट अन्दाजी १५ फीट तल खसेको थियो ।
दुर्घटनामा बृन्दावन नगरपालिका–४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि बरहथवा स्थित एडभान्स सन्जीवनी अस्पताल पठाइएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।
टिप्पणीहरू