सामाजिक सञ्जालमा हुने धर्म प्रचार रोक्न माग
नेपालका मुस्लिमहरुले अधिकार सम्पन्न मदरसा बोर्ड बनाउन माग गरेका छन् । मुस्लिम समुदायको हक अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएको जमियत उलमाए नेपालले “मुस्लिम नागरिक अधिकार तथा कर्तव्य” विषयमा प्रस्तावना पेश गर्दै यस्तो माग गरेको हो ।
प्रस्तावनामा नेपालमा इस्लामिक सरिया कानून लागू गर्न र भारतसरह बकफ बोर्डको स्थापना गर्न माग गरिएको छ । पछिल्लो समय नेपालमा तीव्र रुपमा इस्लाम समुदायको विकास भएको उल्लेख गर्दै मुस्लिमहरुका लागि “इस्लामी औकाफ” को मान्यता दिन पनि प्रस्ताव गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा हुने धर्म प्रचारप्रसारमाथि रोक लगाउन पनि जमियत उमाएलले जोड दिएको छ । संविधानले मुस्लिम समुदायलाई एउटा क्लस्टरका रुपमा स्वीकारे पनि लोकसेवा आयोगले कार्यान्वयन गर्न आलटाल गरेको भन्दै कानून बनाएर लागू गर्न पनि जोडदार माग गरेको छ ।
देशको सौहार्द्र र शान्तिलाई भंग गर्न वा खलल पुर्याउने क्रियाकलापमा प्रतिबन्ध लगाउन पनि प्रस्तावनामा भनिएको छ । हज हाउसका निम्ति राज्यले जग्गा उपलब्ध गर्नुपर्ने संस्थाको माग छ ।
मदरसा शिक्षालाई नेपाल सरकारले मान्यता दिनुको साथै इस्लामी विश्वविद्यालयको स्थापना गर्नुपर्ने प्रस्तावनामा उल्लेख छ ।



टिप्पणीहरू